२९ फागुन ०७५, राजविराज । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुंगा नगरपालिकाको कुशहा खण्डमा बस र मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकलमा सवार २ जनाको चेपिएर मृत्यु भएको छ भने एक दर्जन बढी घाइते भएका छन् ।
उदयपुरको रामपुर ठोकसिलाबाट तिर्थयात्री बोकेर जनकपुरतर्फ जाँदै गरेको को १ ख ४९६४ नम्बरको बस र विपरित दिसाबाट गइरहेको को ३४ प ६४२५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर बस चालकले बचाउने प्रयास गर्दागर्दै मोटरसाइकलमाथि नै बस पल्टिएर भएको दुर्घटनामा चेपिएर २ जनाको मृत्यु भएको हो ।
स्थानीय प्रत्यक्षदर्शीका अुसार मोटरसाइकललाई बचाउने क्रममा बस मोटरसाईकलमाथि नै पल्टिएर सो दुर्घटनामा भएको बताएका छन् ।
बुधबार विहान ९ बजेतिर भएको घटनापछि आक्रोशित स्थानीयवासीले करिब २ घण्टा राजमार्ग अवरुद्ध पारेका थिए । प्रहरीको प्रयासमा आवागमन सुचारु गरिएको छ ।
डिएसपी भावेस रिमालका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सुरुङ्गा नगरपालिका–५ बस्ने ३५ वर्षीय मो. मजलुम मियाँ र मोटरसाइकलको पछाडि सवार सोही वडा निवासी ३४ वर्षिय रामे पासवानको मृत्यु भएको हो । दुवै जनाको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिएका छन् ।
घटनामा बसका १३ जना तीर्थयात्रु घाइते भएका छन् । जसमध्ये १ को अवस्था गम्भीर रहेको र गम्भीर घाईतेको धरान र अन्यलाई थप उपचारका लागि लाहानस्थित विभिन्न अस्पतालमा पठाइएको डिएसपी रिमालले जानकारी दिए ।
बसका चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।
पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर एकजना गम्भीर घाइते
सप्तरीको रुपनि गाउँपापालिका–६ बिरेन्द्र बजारमा २५ वर्षीय बब्लु मेहताले आफ्नो घरको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाईते भएका छन् ।
गम्भीर घाईते भएका मेहताको युनिक अस्पताल रुपनिमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय रुपनि, सप्तरीले जनाएको छ ।