१७ पुस ०८०, रुपन्देही । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको बसको ठक्करबाट मंगलबार एक साइकल यात्रीको मृत्यु भएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार लु १ ख ३३७४ नम्बरको बसले मिलनचोकमा ठक्कर दिँदा साइकलयात्री अन्दाजी ४० वर्षका पुरुषको मृत्यु भएको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले बसको ठक्करबाट बसको टायरमुनि च्यापिएर साइकल यात्रीको घटनास्थलमै मृत्यु भएको जानकारी दिएको छ ।
प्रहरीले मृतकको पहिचान खुल्न बाँकी रहेको र शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको बताएको छ भने ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको छ ।