आगलागीबाट ६० घर जलेर नष्ट  एक बालिका घाइते

२८ चैत, नेपालगन्ज ।  बाँकेको नेपालगन्जबाट कम्तिमा ४० किलोमिटर पूर्वमा होलिया, कालाफाँटा, खासकुश्मा शनिबार भएको आगलागीमा परेर ६० घरगोठ जलेर नष्ट भएका छन् । एक बालिका घाइते भएकी छिन् ।

कालाफाँटा-७ बालापुरमा अपरान्ह सवा चार बजेदेखि लागेको आगो नियन्त्रण बाहिर छ । स्थानीयबासी, प्रहरीको सक्रियतामा आगो निभाउने प्रयास जारी रहेको घटनास्थलमा रहेका प्रहरी निरीक्षक किरण पोख्रेलले जानकारी दिए ।

अहिलेसम्म त्यहाँ ५० घरगोठ जलेर ध्वस्त भइसकेको छ । यसैगरी दिउँसो होलिया-७ पि्रपहवामा भएको आगलागीमा कम्तिमा १५ वटा घरगोठ जलेर ध्वस्त भएको बाँकेका प्रहरी प्रमुख टेकप्रसाद राईले जानकारी दिए । सो घटनामा परेर ३ वषिर्या अक्सरा खान घाइते भएकी छन् ।  यस्तै खासकुश्मा ४ जरुवामा शनिबारै भएको आगलागीमा ४ वटा घरगोठ जलेर ध्वस्त भएको छ ।

तपाइको मत