बागमती प्रदेश सरकारले एक विद्यालय एक नर्स कार्यक्रम थप विस्तार गर्ने

३ साउन ०७९, काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेश भित्रका ११९ स्थानीय तहका ४५९ विद्यालयमा लागू भइसकेको एक विद्यालय एक नर्स कार्यक्रम थप विस्तार गर्ने भएको छ ।

प्रदेश सरकारले चालू आर्थिक वर्षदेखि प्रदेशभित्रका थप ६० वटा विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम थप विस्तार गर्ने भएको हो ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता दीपकप्रसाद तिवारीका अनुसार यस आर्थिक वर्षमा थप ६० वटा विद्यालयमा कार्यक्रम विस्तार गरिनेछ ।

प्रवक्ता तिवारीले विद्यालयको नाम सिफारिस गर्न स्वास्थ्य निर्देशनालयबाट स्थानीय तहलाई पत्राचार भइसकेको बताए ।