३१ साउन ०७७, बागलुङ । अविरल वर्षसँगै आएको पहिरोमा परेर पश्चिम निसीखोला गाउँपालिका–५ मा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
शुक्रबार राति करिब साढे दुई बजेतिर वर्षात्सँगै आएको पहिरोले निसीखोलाका हिराबहादुर विकको घर पुरिँदा उनका १४ वर्षीय छोरा विरेन्द्र र ६ वर्षीय नाति (छोरीको छोरा) प्रवेश विकको मृत्यु भएको हो ।
प्रहरीकाअनुसार रातको समयमा घरमै सुतिरहेका ६ जनामध्ये दुई जनाको निधन भएको छ । यस्तै हिराबहादुर विककी श्रीमती ५३ बर्षीया विलसरा विक घाइते भएकी छन् । उनलाई उपचारको लागि झिवाखोला पठाइएको छ भने अन्य परिवारका सदस्य सकुशल रहेका छन् ।