१४ भदौ ०७५, काठमाडौं । बाजेको सेकुवा रेस्टुरेण्ट खोल्न सर्वोच्च अदालतल सरकारलाई अन्तरिम आदेश दिएको छ ।
बुधबार बाजेको सेकुवाका सञ्चालक चेतन भण्डारीकी पत्नी नीतिमा भण्डारीद्वारा दायर रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले बाजेको सेकुवाका सबै शाखा खोल्न आदेश दिएको हो ।
गृह मन्त्रालयको निर्देशनमा सञ्चालक चेतन भण्डारीले सुन तस्करीको पैसा सेकुवा कर्नरमा लगानी गरेको आशंकामा उपत्यकामा ६ स्थानमा सञ्चालित बाजेको सेकुवा कर्नरमा सरकारले शिलबन्दी गरेको थियो ।