बाटो खनिरहेको स्काभेटरसहित चालक पुरिए

२२ जेठ ०७५, ताप्लेजुङ । पहिरोले फक्ताङलुङ गाउँपालिका-२ खेजेनीमा  बाटो खनिरहेको स्काभेटरसहित चालक पुरिएको छ ।

मंगलबार साँझ साढे ६ बजेतिर साविक खेजेनिम-३ देखि मामाङ्खे जाने सडक खन्ने क्रममा  खसेको सुख्खा पहिरोले स्काभेटरसहित चालक पुरिएको हो ।

पाँचथर घर भएका कृष्ण कटुवाल पहरामा बाटो खनिरहेको अवस्थामा एक्कासी माथिबाट पहरो फुटेर आएपछि स्काभेटरसँगै पुरिएका हुन्। सँगै रहेका सहचालक भने भागेर बाच्न सफल भएको घटनास्थलमा रहेका स्थानीय जगन  पौडेलले बताए ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतले खबर प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी गइरहेको र पुगेपछि थप जानकारी प्राप्त हुने जानकारी दिए ।

तपाइको मत