बाबुरामकोे भिएस निकेतनमा डोजर चल्यो

८,फागुन, काठमाडौं । काठमाडौंको तिनकुनेस्थित भिएस निकेतनको पर्खाल डोजर लगाएर भत्काएको छ । सडक विस्तारका लागि सडक विभागले भिएस निकेतनको पर्खालसंगै अन्य ठाउहरु पनि भत्काएको छ । भिएस निकेतनको पर्खाल सडकमा परेको भएपनि कलेजले भत्काउन अटेरी गर्दै आएको थियो । भिएस निकेतनका सञ्चाललक बाबुराम पोखरेल फोरम लोकतान्त्रिकका सांसद समेत हुन् । प्रहरी प्रशासनको उपस्थितिमा निकेतनसंगै झण्डै १ मिटर क्षेत्रमा रहेका अन्य पर्खाल समेत भत्काइएको छ ।


पोखरेलले मिन भवनमा वागमती नदीको १५ आना जग्गा हडपेर विद्यालय भवन संचालन गरिरहेका छन् । पोखरेलले कब्जा गरेको जग्गाको  कित्ता नम्बर ७७, १९२ र १९३ हो । त्यहा उनले वागमती नदीको जमीन हडपेर शैक्षिक व्यापार गरिरहेका थिए ।

अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले पटक–पटक ताकेता गरेपछि विद्यालयका केही संरचना भत्काएर करिव एक रोपनी छाड्न वाध्य भएका थिए । तर, अतिक्रमण गरेको १५ आना जमीन छाड्न अझै मानिरहेका छैनन । वागमती नदीको १५ आना त्यस जंमीनमा पोखरेलले ३ तले भवन निमार्ण गरेका छन् । न्युजसेवामा खबर छ ।

तपाइको मत