बाबुरामको अध्यक्षतामा निर्माण मजदुर पोखरा महानगर कमिटी गठन

कास्की । अखिल नेपाल निर्माण मजदुर संघ पोखरा महानगरको भेला सम्पन्न भएको छ । भेलाले बाबुराम बि.क.को अध्यक्षतामा ११ सदस्यीय नगर कमिटी गठन गरेको छ ।

बिहीबार अखिल नेपाल निर्माण मजदुर संघका केन्द्रीय महासचिव रमेश सिकेको प्रमुख आतिथ्यमा पोखराको श्रमिक स्मृति भवनमा भएको भेलाले बि.क.को अध्यक्षतामा ११ सदस्यीय नगर कमिटी गठन गठन गरेको हो ।

यस्तै सोही भेलाबाट कला कुमारी गुरूङको अध्यक्षमा ११ सदस्यीय महानगर महिला कमिटी साथै बादल भित्रकोटीको अध्यक्षतामा ११ सदस्यीय महानगर युवा कमिटी पनि गठन गरिएको छ ।

सांस्कृतिक कार्यक्रमसहित भएको उक्त भेलामा निर्माण मजदुुरका केन्दीय सदस्य दल बहादुर राईको विशेष आतिथ्य, अंकु गण्डकी प्रदेश संयोजक पूर्ण बुढा, गण्डकी प्रदेश महिला कमिटी संयोजक जमुना शेर्पाको आतिथ्य रहेको थियो भने भेलाको सञ्चलन डिलहादुर गुरूङले गरेका थिए ।

उक्त कार्यक्रममा निर्वाचित अध्यक्ष लगायका पदाधिकारी र सदस्यहरलाई पदीय जिम्मेवारीसहितको प्रमाणपत्र प्रदान गरिएको थियो ।