बारको अगुवाईमा प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै कानुन व्यवसायी आन्दोलनमा

१७ बैशाख ०८०, काठमाडौं । कानुन व्यवसायीहरुले नेपाल बार एशोसिएसनको अगुवाईमा प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै विरोध कार्यक्रम सुरु गरेका छन् ।

एशोसिएसनले यसअघि पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रधानन्यायाधीश छिटो नियुक्त गर्न ध्यानाकर्षण गराएका भएपनि सुनुवाई नभएपछि विरोध कार्यक्रम सुरु गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संवैधानिक परिषदमा अध्यक्षको असहमतिका बाबजुद बहुमतले निर्णय गर्नसक्ने प्रावधान राख्नुपर्ने अडान लिएपछि संवैधानिक परिषदसम्बन्धी विधेयक संसदबाट पास हुन नसक्दा प्रधानन्यायाधीश नियुक्तिमा वलम्ब भएको छ ।