बार्सिलोनमा आइएसको आक्रमण, १३ सर्वसाधारण र ४ आतंककारीको मृत्यु

एजेन्सी । यूरोपको प्रख्यात सहर बार्सिलोनको पर्यटन स्थल रमब्लासमा इस्लामिक स्टेटका आतंककारीहरुले ठूलो हमला गरेका छन् ।

फुटपाथमा पैदल यात्रु हिंडिरहेको बेला पछाडिबाट आएको भ्यानले किचेर अघि बढ्दा १३ जनाको मृत्यु भएको हो ।

सिएनएनले जनाए अनुसार, हमला गरिएको आशंकामा दुईजना गिरफ्तार गरिएका छन् भने प्रहरीसँग मुठभेडमा शहरबाहिरको दोहोरो आक्रमणमा परी ४ जना आतंककारी मारिएको प्रहरीले दावी गरेको छ ।

प्रहरीले भ्यान भाडामा दिने व्यक्तिको तस्वीर सार्वजनिक गरेको छ ।

घटना लगत्तै आतकंवादी संगठन आइएसले घटनाको जिम्मेवारी लिएको छ ।

हमलापछि भागदौड मच्चिएको विविसीले जनाएको छ । घटनाका प्रत्यक्षदर्शीहरुका अनुसार, रमब्लासमा हिंडिरहेकाहरुलाई ठक्कर हान्दै कुल्चिँदै भ्यान अघि बढेको थियो ।

स्पेनको प्रहरीले क्याम्ब्रिल्समा एउटा अर्को सम्भावित हमलालाई रोक्नका लागि कैयन् आतंकवादीलाई मारेको बताएको छ । उक्त क्षेत्रमा गोली चलेको आवाज सुनिएको थियो ।

स्पेनका प्रधानमन्त्री मारियानो रखायले घटनालाई आतंकवादी हमला बताएका छन् । घटनाको विश्वव्यापी निन्दा भएको छ ।

तपाइको मत