बालुवाटारमा प्रदर्शन गर्ने अधिकारकर्मी पक्राउ

३० असार ०७५, काठमाडौं । प्रहरीले बालुवाटारमा धर्नामा बसेका अधिकारकर्मीलाई गिरफ्तार गरेको छ ।

शनिबार दिउँसो मानव अधिकार तथा शान्ति समाजले बालुवाटारमा सरकारका निर्णयहरु स्वतन्त्रता विरोधी र स्वेच्छाचारी भएको भन्दै धर्ना दिएको हो ।

धर्नामा बसेकाहरुले ‘शिक्षामा माफिया चलखेल अन्त्य गर’, ‘सत्याग्रही भोकै छन्, स्वतन्त्रतामाथि प्रहार’, नेपाली जनता रोएका छन, ‘ओली सरकारको उपहारः ‘स्वतन्त्रता विरोधी निर्णय खारेज गर’, ‘स्वेच्छाचारी गतिविधि बन्द गर’ ‘स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रहरीले शान्ति समाजका धनामा बसेका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, महासचिव उत्तम पुडासैनी लगायतलाई पक्राउ गरेको छ ।

तपाइको मत