बिमस्टेकको १५ औं विदेशमन्त्रीस्तरीय बैठक सुरु

२६ साउन ०७४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को १५ औं विदेशमन्त्रीस्तरीय बैठकको उदघाटन गरेका छन् ।

बिमस्टेक बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सहयोगका क्षेत्रलाई अझ घनीभूत बनाउनु पर्नेमा जोड दिएका छन् ।

‘बिमस्टेक मुलुकका जनतासँग हामी वाचा गरौँ कि क्षेत्रीय सहयोगको ढाँचा र यसका प्रमुख विषयमा समझदारी कायम गर्दै व्यापार, लगानी, सम्पर्क विस्तार जस्ता सबै क्षेत्रमा निर्णयमा पुगौँ ‘ प्रधानमन्त्री देउवाले भने,  ‘ऊर्जा, प्रविधि स्रोत र जलवायु परिवर्तनसम्बन्धी बाँकी रहेका कार्यलाई पूर्ण रुपमा कार्यान्वयनमा लैजाऔँ ।’

उद्घाटनसत्र अघि बिमस्टेक देशका उच्च अधिकारीहरुको बैठक बसेको थियो, जसले स्वतन्त्र व्यापार सम्झौता, विद्युतीय गि्रड एकआपसमा जोड्ने र प्रविधि आदान प्रदानलाई मुख्य प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।

तपाइको मत