१ मंसिर ०७५, रुपन्देही । प्रदेश ५ को राजधानी बुटवल बजारलाई हर्न निषेधित शहर घोषणा गरिएको छ ।
बुटवलको तिनाउ पुलदेखि गोलपार्क, राजमार्ग चौराह हुदै वेसक्यामसम्मको नगरको एरियामा शनिवार देखि हर्न निषेधित क्षेत्र घोषणा गरिएको हो ।
ठुला तथा साना सवारी साधनले हर्न बजाउँदा ध्वनी प्रदूषण हुने भएकाले बुटवललाई हर्न निषेधित शहर घोषणा गरिएको प्रदेश ५ का वरिष्ठ प्रहरी उपरीक्षक नर बहादुर केसीले बताए ।
बुटवल उपमहानगर र ट्राफिक प्रहरी कार्यालय प्रदेश ५ को संयुक्त प्रयासमा पहिलो चरणमा बुटवललाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको हो ।
प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले स्थानीय सरकारसँग समन्वय गरी अभियानलाई तिव्रता दिइने बताए ।