२४ माघ ०७५, काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले उठ्न बाँकी करिव ५ खर्ब रुपैयाँ बेरुजु रकम तत्काल असूल उपर गर्न सरकार र मातहतका मन्त्रालयलाई निर्देशन दिएको छ ।
बिहीबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकले आगामी बैशाख मसान्तभित्र लेखा परीक्षण हुन बाँकी निकायको लेखापरीक्षण सम्पन्न गरिसक्न पनि निर्देशन दिएको हो ।
बैठकमा सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले सरकारको खर्च प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहने बताए ।
समितिको बैठकमा महालेखापरीक्षकको कार्यालयबाट प्रकाशित प्रतिवेदनहरुमा उल्लेखित बेरुजका सम्बन्धमा छलफल भएको थियो ।
बैठकमा सबै मन्त्रालय, प्रधानमन्त्री कार्यालय, राष्ट्रपति कार्यालयलगायत विभिन्न संबैधानिक निकायका सचिवहरुले बेरुजु रकमबारे समितिलाई जानकारी गराएका थिए ।