२३ बैशाख ०८०, काठमाडौं । बेलायती राजा चार्ल्स तृतीयले शनिबार वेस्टमिन्स्टर एबीमा राजमुकुट पहिरिएका छन् ।
उनले विश्वका एकहजार भन्दा बढी नेताहरु र दशौं लाख टेलिभिजन दर्शकका अगाडि राजमुकुट पहिरिएका हुन् ।
धर्मगुरु आर्चबिसपले ३६० वर्ष पुरानो सेन्ट एडवार्डको मुकुट चाल्र्स तृतीयको शीरमा राखिदिएका थिए ।
सोही समारोहमा आर्चबिसपले क्वीन मेरिज क्राउन रानी कमिलालाई लगाइदिएका छन् ।
राजमुकुट पहिरिएसँगै राजारानी वेस्टमिन्स्टर एबीबाट बकिंघम प्यालेस फर्किएका थिए ।