२६ जेठ ०७४, काठमाडौं । नेपाली कांग्रेस बेलौरी नगरपालिकाका पार्टी सभापति रामलाल राना र सचिव बिक्रम चन्द एक कार्यक्रमका बीच ने.क.पा. (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।
बिहीबार बेलुका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक कार्यक्रमका बीच राना र चन्दलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन् ।
कांग्रेस सभापति राना महाकाली उच्च माविको सञ्चालक समितिको चौंथो कार्यकालको अध्यक्ष, बेलौरी नगरको पूर्व सभापति हुन् । त्यसै चन्द सुदुरपश्चिमका युवाहरु बीच लोकप्रिय मानिन्छन् ।
पार्टी प्रवेश गराउँदै पूर्वप्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने, ‘तपाईहरु सही समयमा सही पार्टी छनोट गरेर माओवादी केन्द्रमा आउनुभएको छ । मेरो विश्वास छ, तपाईहरुको पार्टी प्रवेशले कञ्चनपुर र सात नम्वर प्रदेशमा माओवादी केन्द्रको विजयलाई अझै सुनिश्चित गराएको छ ।’
पार्टी प्रवेशपछि रामलाल रानाले माओवादी पार्टी नै हिमाल, पहाड र तराई–मधेशलाई जोड्न सक्ने र देशको नेतृत्व गर्ने पार्टी भएकाले आफू निस्वार्थ रुपमा माओवादी केन्द्रमा आएको बताए ।