२८ मंसिर ०७६, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको केन्द्रीय कार्यसतितिको बैठक बहिस्कार गरेका नेता रामचन्द्र पौडेललाई भेट्न उनकै निवास पुगेका छन् ।
शनिबार सभापति देउवा उपसभापति विमलेन्द्र निधिलाई लिएर पौडेल निवास बोहोरा टार पुगेका थिए तर नेता पौडेलले सभापति देउवालाई १४औं महाधिवेशनको कार्यतालिका पहिलो शर्त भन्दै अरु कुरा वार्ता समितिसँगै गर्न सुझाएका छन् ।
पौडेल समूहको शुक्रबार चाक्सीबारीमा बसेको बैठकले महाधिवेशनको कार्यतालिकाको अडान नछाड्ने निर्णय गर्दै प्रकाशमान सिंहको नेतृत्वमा हृदयराम थानी रहेको वार्ता समिति बनाएको छ ।
उक्त भेटमा देउवाले विभाग गठन र तरुण दलको म्याद थपका लागि सहयोग गर्न आग्रह गरेका थिए । ‘महाधिवेशनको कार्यतापलिका नबनाउने भनेकै छैन’ उपसभापति निधिले भने, राधेश्याम अधिकारीको नेतृत्वको निर्वातन समितिले अन्तरिम संरचनाको समायोजना काम सकिसकेपछि कार्यतालिका बनाउने निर्णय पनि छ ।’
बिहीबार केन्द्रीय कार्यसमितिको बैठकले केन्द्रीय विभाग थप्र्ने, नेपाल विद्यार्थी संघको म्याद ६ महिना लम्ब्याउने लगायतका प्रस्ताव पेश गरिएको थियो भने पौडेल समूहले बैठक बहिस्कार गरेको थियो ।













