बैरागीसँग प्रधानमन्त्रीले खाडीका जेलमा रहेका नेपालीको तथ्याङ्क मागे

२८ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री निवास बालुवाटारमा परराष्ट्र सचिव शंकरदास बैरागीलाई बोलाई खाडीका जेलमा रहेका नेपालीहरुको यकीन तथ्याङ्क मागेका छन् ।

नेपालीहरुका समस्याबारे गम्भीर चासो राख्दै प्रधानमन्त्रीले शुक्रबार दिउँसो परराष्ट्र सचिवलाई बोलाएर खाडी मुलुकका जेलमा रहेका नेपालीहरुको तथ्याङ्क तत्काल बुझाउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव जोखबहादुर महराकाअनुसार प्रधानमन्त्रीले परराष्ट्र सचिव शंकरदास बैरागीलाई बोलाई  साउदी, कतार, मलेसिया लगायतका खाडी मुलुकमा कति नेपाली बन्दी जीवन बिताइरहेका छन् ? र, कति कामबिहीन भएका छन् ? त्यसको ठोस तथ्याङ्क बनाएर बुझाउन निर्देशन दिँदै  सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् ।

तपाइको मत