बैशाख १ गते देखि नयाँ नियम : आइएमइआई रजिष्टर नगरे मोवाइल व्लक – अर्याल

३० चैत, काठमाण्डौं । नेपाल दुरसञ्चार प्राधिकरणले नेपालमा अवैध तथा गैह्र-कानुनी रुपमा भित्रिएका मोवाइल फोनलाई व्यवस्थित गर्न बैशाख १ गतेदेखि नयाँ निर्देशिका लागु गर्न लागेको छ । आइएमइआई रजिष्टर नगरे मोवाइल व्लक हुने नेपाल दुरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताएका छन् ।

बैशाख १ गते देखि नयाँ नियम
आगामी बैशाख १ गतेदेखि सबैखाले मोवाइलको युनिक आइडेन्टिटी रजिष्ट्रिको काम सुरु गर्नेछ। एक गतेबाटै आइएमइआई नम्बर भएका मोवाइलको ट्रयाकिङ गर्ने काम सुरु हुनेछ।

असोज ३० भित्र प्राधिकरणले मोवाइल ट्रयाकिङको सिस्टमलाई फूल अपरेसनमा लौजाने कार्ययोजना बनाएको छ। त्यसमा सवै किसिमका सेलुलर सिस्टमहरु पर्नेछन्।

कार्तिक १ गतेवाट त्यो सिस्टमलाई पूर्णरुपमा लागु गरिनेछ भने त्यहि मितिदेखि ६ महिनाको लागि यो व्यवस्था लागु गरिनेछ। कार्तिकबाटै आइएमइआई नम्बर झुठोभएका मोवाइललाई व्लक गर्ने काम सुरु हुनेछ।

यी सम्पूर्ण कार्यलाई आगामी साउन एक गतेदेखि दूरसञ्चार सेवामा पूण रुपमा लागु गरिनुका साथै निर्देशिका लागु गरिनेछ।
यो निर्देशिकामा मोवाइल आयात गर्ने, वितरण गर्ने र प्रयोग गर्नेले आइएमइआई नभएका मोवाइल सेटलाई नियमनमा ल्याउने जनाएको छ।

विदेशबाट ल्याएका मोवाइल बैध कि अबैध ?

यदि तपाईलाई कसैले बैशाख १ गतेपछि विदेशबाट मोवाइल ल्याइदियो भने त्यो फोन तपाईले नेपाल दुरसञ्चार प्राधिकरणमा ल्याएर मोवाइलको युनिक कोड आइएमइआई नम्बर दर्ता गराउनुपर्ने हुन्छ। अन्यथा तपाइको मोवाइल व्लक हुन सक्छ। तर तपाईले नेपालमा मोवाइल बेच्ने आधिकारीक कम्पनीवाट मोवाइल खरिद गर्नुभयो भने केहि गर्नु पर्दैन कम्पनी आफैंले दर्ता गरिदिन्छ।

‘२०७३ साल बैसाख १ गतेभन्दा अगाडि ल्याएका मोवाइल फोनलाई नेटवर्क अपरेटरले आफै रजिस्टर गरिदिन्छन्’ नेपाल दुरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने ‘आइएमइआई नम्बर नभएका मोवाइललाई ६ महिनाको म्याद दिएर आइएमइआई रजिष्टर गर्न लगाउँछौं त्यस अवधिमा पनि नगरे मोवाइल व्लक हुन्छ।’

तपाईको मोवाइल हरायो भने के गर्ने ?
यदि तपाइको मोवाइल हरायो भने तपाइले अब नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्षलाई सम्बोधन गरेर एउटा निवेदन दिनुपर्ने हुन्छ। त्यसमा तपाइले हराएको मोवाइलको विवरण भर्नुपर्ने हुन्छ।

निवेदनमा हराएको मिति, हराएको स्थान, आएएमइआइ नम्बर, मोवाइल नम्बर, तपाईको नाम, नगरिकता वा व्यक्तिगत नम्बर, ठेगाना, सम्पर्क नम्बर, इमेल ठेगाना र नागरिकताको प्रतिलिपि राखि दस्तखत गर्नुपर्नेछ। यी सवै प्रक्रिया पुर्याएपछि तपाईको मोवाइल सेट ट्रयाक हुनेछ वा ब्लक हुनेछ । कान्तिपथमा खबर छ ।

तपाइको मत