११ फागुन०७५, राजविराज । बोल्न नसक्ने २० वर्षीय युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
सप्तरीको कञ्चनरुप नगरपालिका ५ पथरी बस्ने २५ वर्षीय भिम मुखिया र सोही ठाउँका ३५ वर्षीय भरत मुखियालाई इलाका प्रहरी कार्यालय कञ्चनरुपले पक्राउ गरेको जनाएको छ ।
ललाई फकाई कोशी टाप्पु बन्य जन्तु आरक्षको जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोपमा दुई युवालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी निरीक्षक प्रतिक विष्टले जानकारी दिए ।













