२३ असार ०७५, काठमाडौं । ब्राजिल विश्वकप फुटवल प्रतियोगितामा क्वाटर फाईनलबाटै बाहिरिएको छ ।
पाँच पटकसम्म विश्वकफको उपाधि विजेता ब्राजिल शुक्रबार राति भएको खेलमा बेल्जियमसँग २–१ गोल अन्तरले पराजित भएर बाहिरिएको हो ।
सेमिफाइनलमा प्रवेश गरेको बेल्जियमले भने अव फाइनल प्रवेशका लागि फ्रान्ससँग भिड्नु पर्नेछ ।
आज राति हुने सेमिफाइनलको पहिलो चरणको फुटबल प्रतियोगितामा स्वीडेन र इंग्ल्याण्डबीच र दोस्रो चरणमा आयोजक राष्ट्र रुस र क्रोएसियाबीच हुने भएको छ ।