१ भदौ ०७७, पर्सा । जिल्ला सुरक्षा समितिको बैठकले हिजो आइतबार दिउँसो २ बजेदेखि भदौ १३ गते मध्यरातसम्मका लागि वीरगन्ज महानगरपालिका क्षेत्रभित्र सेना परिचालन गर्ने निर्णय गरेको छ ।
सुरक्षा समितिको बैठकले कोरोना भाइरसको उच्च जोखिम बढेसँगै जिल्लामा थप सर्तकता अपनाउन जनपथ प्रहरी र सशस्त्र प्रहरीको सहयोगार्थ नेपाली सेना परिचालन गर्ने निर्णय गरेको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जिल्ला सुरक्षा समितिको बैठकले आइतबार दिउँसो २ बजेदेखि भदौ १३ गते राति १२ बजे सम्म वीरगन्ज महानगरपालिका क्षेत्रभित्र सेना परिचालन गर्ने निर्णय गरेको जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा आदेश जारी गरेता पनि जनसाधरणहरुको भिडभाड उच्च रहेपछि कोरोना संक्रमण रोकथामका लागि सेना परिचालन गरिएको बताए ।
पर्सा जिल्लामा साउनयता मात्रै कोरोना संक्रमित २५ जनाको मृत्युसमेत भइसकेको छ ।