१४ असार, चितवन ।
केही दिनदेखि भरतपुर उप महानगरपालिकाको विभिन्न वडा कार्यालयबाट भरतपुर क्षेत्रमा वितरण गरिरहेको किटनाशक झुल लिनेको भीड अत्यधिक बढेको देखिन्छ ।
मुख्य बजार क्षेत्र १० नम्बर वडा कार्यालयमा मंगलबार र बुधबार झुल वितरण गरिँदैछ । किटनाशक झुल लिनका लागि भरतपुर–१० को वडा कार्यालय अगाडि स्थानीय बासिन्दा बिहान ४ बजेदेखि नै लाइन लागेका थिए ।
ग्लोबल फण्डको सहयोगमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले निःशुल्क झुल वितरण गरेको हो ।