भारतको ग्रिन भेन्चर र बलेफीको प्रलोभनमा परे उर्जामन्त्री रायमाझी ?

१२ जेठ, काठमाडौं । तत्काली उर्जामन्त्री राधा ज्ञवाली असफल भएको ५२ मेघावाटको लिखु र ५० मेघावाटको बलेफी जलविद्युत् आयोजनाको पीपीए उपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझीले विद्युत् प्राधिकरण तथा लिखुको प्रवद्र्धक भारतको ग्रिन भेन्चर प्रालि र बलेफीको प्रवर्दकहरुको प्रलोभन र दबाबमा विद्युत् खरिद सम्झौता (पीपीए) ब्युँताउन चलखेल गरेका छन् ।

लिखुको पीपीए म्याद दुई जेठमा सकिएको छ भने बलेफीको पीपीए खारेज गर्न प्राधिकरणले ९० दिनको सुचनासमेत जारी गरिसकेको छ । विगतमा ज्ञवालीको दबाबमा गठन भएको समितिले मन्त्रीबाट हटेको कारण म्याद थप्न नसकेपछि फेरि उर्जामन्त्री रायमाझीको दबाबमा दुवै आयोजनाको पीपीए म्याद थप्न २९ वैशाखमा भएको विद्युत् प्राधिकरण बोर्ड बैठकले समिति गठन गरेको स्रोतले जनाएको छ ।

प्राधिकरण स्रोतका अनुसार उर्जा मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयाजकत्वमा अर्का सहसचिव कौशलचन्द्र सुवेधी र प्राधिकरणका उपकार्यकारी निर्देशक शेरसिंह भाट सदस्य रहेको समिति गठन गरिएको छ । राजधानी दैनिकबाट ।

तपाइको मत