१४ माघ, भक्तपुर ।
प्रधानमनत्री केपी ओली नेतृत्वको सरकारलाई समर्थन गरेको एक घटक दल नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतको दवाब र योजनामा संविधान संशोधन भएको बताएका छन् ।
रफत सञ्चार क्लबले बिहीबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा अध्यक्ष विजुक्छेले भारतको दवाब र योजनामा संविधान संशोधन भएको बताए । उनले कांग्रेसको महाधिवेशन पछि कांग्रेसको नेतृत्वमा नयाँं सरकार गठन हुने दाबी समेत गर्दै मधेसी दल, एनेकपा माओवादी र अन्य दलसहितको सरकारमा हुने सम्भावना रहेको बताए ।
बिजुक्छेले नेपालका विभिन्न महत्वपूर्ण पदमा रहेका २२ हजार पदाधिकारीले भारतको तलब खाएर काम गरिरहेको दावी पनि गरे । ती कर्मचारीहरुले नेपालीको भन्दा भारतको भक्तिमा लाग्नुका साथै नेपालका सम्पूर्ण सूचना भारतलाई उपलब्ध गराउने गरेको दावी पनि गरे । साथै, उनले तराई आन्दोलन संविधान संशोधन गरेर केही शान्त भएता पनि पुनः मागहरु एक एक गरिँदै थपिँदै जाने र भारतले इशारा नगरेसम्म नाकाबन्दी सहज नहुने बताए ।