१ असार ०८२, काठमाडौं । भारतको उत्तराखण्ड प्रदेशमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
केदारनाथ मन्दिर दर्शन गरेर गौरीकुण्डतर्फ जाँदै गरेका यात्रुहरु सवार हेलिकोप्टर रुद्रप्रयागमा दुर्घटना हुँदा पाइलट र बच्चासहित पाँच जनाको मृत्यु भएको हो ।
उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीका अनुसार दुर्घटनास्थलमा खोज तथा उद्धार टोली परिचालित भइसकेका छन् ।
आर्यन एभिएसन कम्पनीको उक्त हेलिकप्टर खराब मौसमका कारण दुर्घटना भएको अनुमान छ ।













