भारतमा नेपाली मजदुर सवार बस दुर्घटना, चार नेपाली बेपत्ता

३ मंसिर, प्यूठान । भारतमा नेपाली मजदुर सवार बस दुर्घटना हुँदा चार नेपाली बेपत्ता भएका छन् ।

karala

दिनभरिको काम सकेर बेलुका कम्पनीको गाडीमा फर्कने क्रममा भारतको केरला एर्णाकुलम जिल्ला र आलापूणा जिल्लाको सिमानामा नेपाली मजदुर सवार यात्रुबाहक बस दुर्घटना  हुँदा चार नेपाली बेपत्ता भएका हुन् ।

प्यूठान बेलाबास–७ का चेतनारायण घिमिरेले दिएको जानकारी अनुसार बसमा आठ नेपाली र सवारी चालक परेको दुर्घटनास्थलमा परेका छन् ।

दुर्घटनामा परी प्यूठान खाल–१ का गोमन घर्ती र श्यामबहादुर पुन, खाल–९ का हिमलाल तिर्के र रोल्पा घोडागाउँका मधु केसी बेपत्ता भएका छन् । दुर्घटनामा परेका भिंगृ–६ प्यूठानका पदमबहादुर रोका, भिंगृ–८ का जङ्गबहादुर विक र उक्टबहादुर आले, भिंगृ–४ का सुरेश रोकालाई माछा मार्ने स्थानीयवासीले उद्धार गरेका छन् ।

मूलप्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिकाअनुसार दुर्घटनास्थलमा अहिले बेपत्ताको खोजी जारी रहेको छ ।

तपाइको मत