भारतले बाढी-पहिरो पीडितलाई २५ करोड रुपैयाँ बराबर सहयोग गर्ने

२ भदौ ०७४, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाढी र पहिरोका कारण नेपालमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै २५ करोड रुपैयाँ बराबर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

शुक्रबार साँझ ६ बजे प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको टेलिफोन वार्ताकाक्रममा मोदीले बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा परिवारलाई समवेदना व्यक्त गरेको देउवाको निजी सचिवालयले जनाएको छ ।

देउवाको निजी सचिवालयले दिएको जानकारी अनुसार भारतीय प्रधानमन्त्री मोदीले  टेलिफोन वार्ताका क्रममा २५ करोड रुपैयाँ बराबर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

टेलिफोन वार्तामा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवासँग राहत र उद्धार कार्यमा भारत सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेको बताइएको छ ।

तपाइको मत