भारतले संयुक्त विज्ञप्तिमा नेपालको संविधानलाई निशर्त स्वागत गर्न आनाकानी गर्दै !

११ फागुन, नयाँ दिल्ली । औपचारिक भ्रमण सकिनु अघि दुई देशका सरकार प्रमुखहरुले संयुक्त विज्ञप्ति जारी गर्ने अन्तर्राष्ट्रिय प्रचलन अनुरुप प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्ने सवालमा भारतले नेपालको नयाँ संविधानको विषयलाई ‘बार्गेनिङ’ गरिरहेको बुझिएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको ६ दिने भारत भ्रमण सम्पन्न हुनुअघि जसरी पनि संयुक्त विज्ञप्ति निकाल्ने विषयमा दुबै पक्ष तत्पर रहे पनि नेपाली पक्षले संयुक्त विज्ञप्तिमा नेपालको संविधानलाई भारतले निशर्त स्वागत एवं समर्थन गर्नुपर्ने अडान लिइरहेको छ भने भारतीय पक्षले संविधान संशोधनलाई सामान्यतः स्वीकारेको छ । तर, सीमाङ्कन परिमार्जनको विषयमा आश्वस्त नभएर स्वीकारोक्ति शर्त तेस्र्याउन चाहेको छ ।

तपाइको मत