१८ माघ, काठमाडौं । मादक पदार्थ सेवन (मापसे) चेकजाँच गरिरहेका ट्राफिक प्रहरीलाई भारतीय दूतावासको अधिकारी एवं कुटनीतिज्ञ अभय त्यागीले ‘भारतीय दूतावासको कर्मचारी हुँ’ भन्दै फूर्ती लगाएर बबण्डर मच्चाएपछि प्रहरीले नियन्त्रणमा लिई उनको लाइसेन्समा प्वाल पारिदिएको छ भने १ हजार रुपैयाँ जरिवाना समेत तिराएको छ ।
आइतबार राति भारतीय दूतावासको कर्मचारी भनेर फूर्ती हाँकेका अभयलाई प्रहरीले नियन्त्रणमा लिएर महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारवाही गरेको हो । भारतीय दूतावासको मान्छे भनेर फूर्ती लगाउँदा आक्रोशित ट्राफिक प्रहरीले नियन्त्रण लिएर जरीवाना गराए पनि मापसेअन्तर्गत दिइने क्लास भने दिएन् ।
प्रहरी स्रोतका अनुसार भारतीय दूतावासका अधिकारी अभयलाई करिब राति ११ बजेतिर नियन्त्रणमा लिएर कुटनीतिक मर्यादाअनुसार एक देशले अर्काे देशको कुटनीतिज्ञलाई सम्मान गर्ने नियमअनुसार जरीवाना मात्रै गरिएको हो ।