भारतीय बालिकालाई अपहरण मुक्त गरी प्रहरीले परिवारको जिम्मा लगाए

२४ साउन, विराटनगर । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले भारतको बिहारस्थित कटिहारबाट अपहरणमा परेकी केजी कक्षामा अध्ययनरत बालिका स्पर्श अग्रवाललाई उद्धार गरी परिवारलाई जिम्मा लगाएको छ ।

Agrawal

प्रहरीले अपहरण मुक्त गरी परिवारलाई जिम्मा लगाइएकी बालिका स्पर्श अग्रवाल

गत बुधबार बिहारबाट अपहरणमा परेकी बालिका स्पर्श अग्रवाललाई प्रहरीले शनिश्चरे नगरपालिकाको पथरी बजारस्थित रिता साहको घरबाट मुक्त गरेको थियो ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा उद्धार गरिएकी बालिकालाई उनका बुवा भानु र आमा सपनाको जिम्मा लगाइएको छ ।  प्रहरीका अनुसारमा अपहरणमा संलग्न सुनसरीको इनरुवा नगरपालिका-५ का ४४ वर्षीय दिनेश गुप्ता पक्राउ परेका छन् ।

पत्रकार सम्मेलनमा प्रहरीले गुप्तालाई सार्वजनिक गरेन । प्रहरीको प्रारम्भिक अनुसन्धानले पैसाको लागि बालिकालाई अपहरण गरेको र चार जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले सुनसरीको इटहरीमा मावली घर रहेकी बालिकालाई अपहरणकारीले गाडीमा नेपाल भित्र्याएको जानकारी पाएको १८ घण्टापछि मुक्त गर्न सफल भएको प्रहरी नायव महानिरीक्षक केशरीराज घिमिरेले बताए ।

तपाइको मत