१४ फागुन, काठमाडौं । नेपालका लागि भारतीय राजदूत रणजीत रायले नीति अनुसन्धान प्रतिष्ठान, नेपालले आयोजना गरेको ‘राजदूत रायको बिदाई’ कार्यक्रममा भारत सधैँभरि नेपालको विकासको पक्षमा रहेको बताएका छन् ।
राजदूत रायले भारत सधैँभरि नेपालको आर्थिक, सामाजिक र साँस्कृतिकलगायत विभिन्न पूर्वाधार विकासको पक्षमा रहेको बताउँदै आफ्नो कार्यकालमा नै नेपालमा विकासका ठूला आयोजना अगाडि बढिरहेको बताए ।
नेपाल–भारत सम्बन्धलाई अझ उचाइमा पुर्याउनु पर्ने भन्दै उनले पहिलेदेखि नै प्रगाढ र सुमधुर रहँदै आएको र भूकम्पपछिको पुनःनिर्माणसँगै समृद्ध नेपाल बनाउन भारतले सक्दो सहयोग जारी राख्ने समेत बताए । साथै, स्थानीय तहको निर्वाचन गर्नु पर्नेमा जोड दिए ।