१३ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि सार्क अध्यक्षको हैसियतले भारत-पाकिस्तान विवाद समाधानमा भूमिका खेल्न नसकेको आरोप लगाएका छन् ।
बिहीबार पार्टी कार्यालयमा ओलीले नेपाल सार्कको अध्यक्ष राष्ट्र भएर पनि ठोस पहल नगरेको बताउँदै भारत र पाकिस्तानको विवादका कारण १९ औं सार्क शिखर सम्मेलन अन्यौलमा परेको बताए ।
भारतसहित चार देशले सार्कमा भाग नलिने बताइरहको बेला ओलीले भने नेपालले छिट्टै सार्क सम्मेलन गर्नु पर्नेमा जोड दिएको छ ।