भारत हल्ला नगर, बरु तालिम लिन जाउ : बेलायती पत्रकार पियर्स

९ भदौ, लन्डन/एजेन्सी । बेलायती पत्रकार पियर्स मोर्गनले भर्खरै सम्पन्न ओलम्पिक प्रतियोगितामा भारतको प्रदर्शनलाई लिएर ट्वीटर मार्फत आफ्नो धारणा सार्वजनिक गरे ।

morgan

एउटा अखबारको समाचारलाई रि–ट्वीट गर्दै उनले लेखेका छन्, ‘एक अर्ब २० करोड जनसंख्या भएको देशले पराजित भएको दुई मेडलको खुशी मनाइरहेको छ, कति लाजमर्दो हो यो ?’

ट्वीटरमा ५१ लाखभन्दा बढी फलोअर भएका मोर्गनको यस्तो प्रतिक्रियापछि भारतमा निकै हलचल मच्चियो । भारतीयहरुले उनलाई निशाना बनाउँदै ट्वीटरमै कमेन्ट गर्न थाले ।

भारतीयहरुले एकपछि अर्को गर्दै आफूलाई ‘ट्रोल’ गर्न थालेपछि मोर्गनले अर्को ट्वीट गरे, ‘ट्रोल गर्नका लागि भारतीयलाई अवश्य स्वर्ण पदक जान्छ, अफसोच, उनीहरुको खेलाडी पनि यस्तै सक्षम भइदिएको भए !’

भारतीयहरुले आफ्नो ट्वीटमा निकै चासो राखेको र धमाधम कमेन्ट गर्न थालेको महसुस गरिरहेका उनले फेरि ट्वीट गर्दै लेखेका छन्, ‘एक अर्ब २० करोड नागरिक, ओलम्पिकमा एउटा पनि स्वर्ण पदक छैन । यो लाजमर्दो कुरा नै हो । यसरी हल्ला नगर बरु तालिम लिन जाउ ।’

fb

सन् १९६५ मार्च ३० मा जन्मेका पियर्स स्टेफान ओमियरा अर्थात् पियर्स मोर्गन बेलायती हुन् । छुच्चो मुख भएका पियर्सले बेलायती सेनाले इराकीमाथि ज्यादती गरेको नक्कली फोटो बेलायती अखबार डेली मिररमा छापेपछि सन् २००४ मा सम्पादक पदबाट राजीनामा दिएका थिए ।

तपाइको मत