भारत १९५० को सन्धि संशोधन प्रस्तावमा सहमत

१९ असोज, भारत । नयाँदिल्लीमा बुधबार सम्पन्न नेपाल-भारत प्रवृद्ध समूह (ईपीजी)को दुई दिने बैठकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन गर्ने सैद्धान्तिक सहमति भएको छ ।

नेपालले लामो समयदेखि पुनरावलोकनको माग गर्दै आएको १९५० को सन्धिमा पुनरावलोकनका लागि नेपाली पक्षले केही बुँदा राखेको छ र, यसमा प्रारम्भिक छलफल भएको छ ।

नेपाली टोलीका सदस्य राजन भट्टराईका अनुसार डिसेम्बर तेस्रो साता नेपालमा बस्ने बैठकमा थप छलफल हुने बताइएको छ ।

मंगलबारदेखि नयाँदिल्लीमा सुरु भएको बैठकमा नेपाली प्रबुद्ध समूहका संयोजक भेखबहादुर थापाले पहिलो सत्रमै राखेको सन्धि संशोधनको प्रस्तावमा भारत बुधबार सहमत देखिएको हो ।

यस अघि भारतले १९५० को सन्धि छलफल गर्न आफू तयार रहेको र नेपालले ठोस प्रस्ताव ल्याउनु पर्ने मत राख्दै आएको थियो ।

१९५० को सन्धिमा उल्लेख गरिएका प्रावधानहरू मध्ये नेपालले तेस्रो मुलुकबाट सैन्य सामग्री आयात गर्दा भारतीय पक्षको अनुमति लिनुपर्ने, प्राकृतिक स्रोत साधनमा भारतलाई पहिलो प्राथमिकता दिनुपर्ने लगायत विषयमा नेपाली पक्ष असन्तुष्ट रहँदै आएको छ ।

तपाइको मत