२२ चैत ०७५, काठमाडौं । भिक्षु अश्वघोष महास्थविरको ९३ वर्षको उमेरमा निधन भएको छ ।
काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका उनको शुक्रबार दिउँसो साढे १ बजे निधन भएको हो । रक्तचाप कम, मृर्गौला, मुटुमा समस्या र कलेजोमा पानी जम्ने समस्या देखिएकाले उपचारकै क्रममा उनको निधन भएको हो ।
झाडापखालाका कारण डेढ महिनाअघि ग्रान्डी सिटी अस्पताल भर्ना भएका उनी तीन हप्ताअघि ग्राण्डी लगिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै सरकारको तर्फबाट उपचार खर्चको व्यवस्था गर्ने बताएका थिए ।
भिक्षु अश्वघोष २०४७ सालदेखि २०४९ सालसम्म राष्ट्रियसभाका सदस्य थिए । उनले २०५१ सालबाट लुम्बिनी विकास कोषका उपाध्यक्ष भई काम गरेका थिए ।