२९ जेठ ०७४, तनहुँ । भूपू विद्यार्थी मञ्चले भानु नगरपालिका-१३ स्थित अरनिको माध्यामिक विद्यालयलाई तीन थान कम्प्यूटर र खेलकुदका सामाग्री हस्तान्तरण गरेका छन् ।
विद्यालयको भूपू विद्यार्थी मञ्चले साे विद्यालयलाई करिब एक लाख रुपैयाँ बराबरको कम्प्यूटर र खेलकुदका सामाग्री हस्तान्तरण गरेको हो ।
दुबईस्थित पिजा एक्सप्रेस कम्पनीले उपलब्ध गराएको तीन थान कम्प्यूटर र खेलकुदका सामाग्रीहरु ल्याई विद्यालयलाई हस्तान्तरण गरिएको भूपू विद्यार्थी मञ्चका अध्यक्ष गल गुरुङ्गले बताएका छन् ।
भूपू विद्यार्थी मञ्चले आइतबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्रीहरु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर बानिया, प्रधानाध्यापक शैलेन्द्र कुमार शाहलाई हस्तान्तरण गरेका हुन ।