भैरहवाका उद्योगहरुलाई आवश्यक विद्युत उपलब्ध गराउने उर्जामन्त्रीको प्रतिवद्धता

१६ बैशाख ०७४, भैरहवा । उर्जामन्त्री जनार्दन शर्माले भैरहवा क्षेत्रका उद्योगहरुलाई आवश्यक विद्युत उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

शनिबार सिद्धार्थ उद्योेग वाणिज्य संघ भैरहवा द्धारा आयोजित उर्जामन्त्रीको स्वागत तथा छलफल कार्यक्रममा उर्जामन्त्री भैरहवा क्षेत्रको उद्योगहरु नियमित सञ्चालन गर्नका लागि आवश्यक विद्युत उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् ।

‘यस क्षेत्रको उद्योगहरु नियमित रुपमा संचालन गर्नका लागि तपाईंहरुलाई कति मेगावट विद्युत चाहिन्छ, कहिले चाहिन्छ, निवेदन दिनुस, हामीले तपाईहरुलाई विद्युत उपलब्ध गराउँछाैं ।’ उर्जामन्त्री भने, ‘यो सरकार, मन्त्री, विद्युतका प्रवन्ध निर्देशक, सचिव जनता र देश विकासको लागि काम गर्ने हुन् । त्यसैले तपाईंहरुलाई कति विद्युत चाहिन्छ, त्यो पनि भन्नुस्र, हामीले त्यही अनुसार काम गछौँ ।’

लोडसेडिङ अन्त्यका लागि जलविद्युत्का क्षेत्रमा थुप्रै काम भइरहेको बताउँदै उनले एक वर्षभित्र देश पूर्ण रुपमा लोडसेडिङ मुक्त हुने दावी गरे ।

तपाइको मत