भोटेकोशी नदीमा बाढी आएपछि स्थानीयहरु सुरक्षित स्थानतिर लागे

२२ असार, सिन्धुपाल्चोक । भोटेकोशी नदीमा ११ वर्ष यताकै ठूलो बाढी आएको छ । बाढीका कारण भोटेकोशी नदी नजिकका क्षेत्रमा बसोबास गर्ने सिन्धुपाल्चोकका स्थानीयबासीहरु रातमा सुतेका घर छोडेर सुरक्षित स्थानतिर लागेका छन् ।

Badhi

चीनतर्फ भिषण पानी परेर वा कुनै हिमताल फुटेका कारण भोटेकोशीको सतह बढेको हो भन्ने अनुमान गरिएको छ ।  प्रहरीका अनुसार  तातोपानी क्षेत्रमा केही घर डुबेका छन् ।

बाह्रबिसे, तातोपानी, खाडीचौर लगायतका नदी किनार आसपासका वासिन्दा सुरक्षित स्थानतिर लागेको बताइएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले तातोपानी क्षेत्रमा दुई घर डुबेको जानकारी दिएका छन् ।

ताल फुटेर वा पहिरोका कारण बाढी आएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी दुवाडीले जानकारी दिए । नदी किनारका वस्तीहरुमा निकै ठूलो जोखिम देखिएको भन्दै  प्रहरी र सेना लगाएर माइकिङ गरेको उनको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी दुवाडीका अनुसार सेना र प्रहरीको माईकिङपछि स्थानीय सुरक्षित स्थान तर्फ लागेका छन् । यद्यपि, रातीको समय भएकाले विस्तृत जानकारी प्राप्त हुन सकेको छैन ।

तपाइको मत