भोलि ११ बजे बस्ने गरी नेकपाको स्थायी कमिटी बैठक स्थगित

१७ असार ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ ।

स्थायी कमिटी सदस्यहरू सांसद समेत भएको उनीहरु संसदमा जानुपर्ने भएपछि बैठक भोलि ११ बजे पुनः बस्ने गरी स्थगित भएको हो ।

नेकपाको बालुवाटारमा बसेको स्थायी कमिटी बैठक आज शुरु भएर केही सदस्यले बोलेपछि स्थगित गरिएको थियो । बैठकमा दुबै अध्यक्षको उपस्थिति रहेको थियो ।

बैठकमा पार्टीको आन्तरिक एकता प्रक्रिया साथै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारेमा नेताहरूले बोल्ने क्रम जारी नै छ ।