२६ जेठ ०८०, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको कारण राजनीति विकृति भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आफ्नो पार्टी निकट पत्रकारहरुको अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपालमा पैसा बिना कुनै काम नहुने स्थिति बनेको बताउँदै उनले भने, ‘अहिले नेपाली राजनीतिमा सबैभन्दा चर्को कुरा भ्रष्टाचारको प्रवृत्ति देखिएको छ । पूरै राजनीति विकृत हुनुको पछाडि भ्रष्टाचारले काम गरेको छ ।’
बिना पैसाको कुनै काम नहुने, पैसामा लोभिने, जनतालाई पीडा दिने र इमान्दार पाखा लाग्नुपर्ने स्थिति रहेको भन्दै उनले यस्तो अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।