४ जेठ ०८०, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आज अपरान्ह माइतीघर मण्डलामा भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दैछ ।
एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्न दबाब दिने उद्दश्यले प्रदर्शन गर्न लागिएको बताए ।
हिजो (बुधबार) एकीकृत समाजवादीले सिंहरबारस्थित मन्त्रालयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र देशभरका जिल्ला प्रशान कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै सरकारले चालेको भ्रष्टाचारविरुद्धको कदममा ऐक्यवद्धता जनाएको थियो ।