भ्रष्टाचारीको रोलक्रममा ७ अंक ल्याएर १५ औं भयो नेपाल

१३ माघ, काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनलले १ सय ६८ देशमा गरेको अध्ययनले भ्रष्टाचार हुने मुलुकको सूचीमा नेपाल ७ अंक ल्याएर १५ औं नम्बरमा परेको छ ।

thumb.php

कर भुक्तानी, आयात–निर्यात, सार्वजनिक सेवा, ठेक्कापट्टा, न्याय प्राप्तिको अवस्था, सरकार, न्यायालय र संसद्हरुबाट निजी स्वार्थका लागि पदको दुरुपयोगको अवस्था लगायतका सूचकहरुलाई आधार मानेर ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपाललाई धेरै भ्रष्टाचार हुने मुलुकको सूचीमा राखेको हो । ५० भन्दा कम अंक हासिल गर्ने मुलुकलाई भ्रष्टाचार धेरै हुने मुलुकको रुपमा लिइन्छ । अघिल्लो वर्ष २९ अंक ल्याएको नेपालले यस वर्ष १ सय पूर्णाङ्कमा ७ अंक ल्याएर, भ्रष्टाचारी मुलुकको  रोलक्रममा १५ औं भएको हो ।

ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार नेपालसहित इरान, क्यामरुन, पाराग्वे, युक्रेन र निकारागुरा भ्रष्टाचार हुने मुलुकको सुचीमा १५ औं नम्बरमा परेका छन् । यसैगरी बंगलादेशले २५ तथा अफगानिस्तानले ११ अंक पाएका छन् । दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको सूचीमा भुटान रहेको छ । भुटानले ६५ अंक पाएको छ । विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको सूचीमा डेनमार्क ९१ अंकसहित पहिलो, फिनल्याण्ड ९० अंकसहित दोस्रो र स्वीडेन ८९ अंकसहित तेस्रो नम्बरमा रहेको छ ।

तपाइको मत