११ पुस ०७६, काठमाडौं । मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
शुक्रबार रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौँ आउँदै गरेको ना १ ज ३४३३ नम्बर सुमो इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ स्थित ओखरडाँडामा दुर्घटना भएको हो ।
सुमो अनियन्त्रित भई सडकबाट करिव दुई मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको उपचारका लागि हेटौँडा पठाइएको, दुर्घटनामा एक महिला र दुई पुरुषको मृत्यु भएको तर सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।













