मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटियो, चालकदलका दुबैको मृत्यु

२ जेठ ०७५,काठमाडौं । मकालु एयरको वेपत्ता कार्गो विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

बुधबार बिहान सुर्खेतबाट हुम्ला कार्गो लिएर गएका जहाज हुम्लाको खार्पूनाथ गाउँपालिका वडा नम्बर २ मा दुर्घटना भएको हो । बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको जहाज बाजुराको क्षेत्रबाट सम्पर्कबिहीन भएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले नाइन एन एयूजे कलसाइनको  विमानमा पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपालीको घटनास्थलमै शव फेला परेको बताए ।

तपाइको मत