१४ असोज ०७८, काठमाडौं । मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल केन्द्रीय समिति बैठकले गणेश सलामीमगरको संयोजकत्वमा १५१ सदस्यीय पाँचौ राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको छ ।
बिहीबार प्रविधिको प्रयोग गर्दै भर्चुअल माध्यमबाट बसेको मोर्चाको केन्द्रीय समिति बैठकले पुसमा काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने गरी १५१ सदस्यीय आयोजक समिति गठन गरेको हो ।
बैठकले लिएको निर्णयहरुबारे जानकारी दिँदै मोर्चाका कार्यालय सदस्य गगन ल्हायो मगरले भने, “नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएपछि बसेको नेकपा माओवादी केन्द्र निकट मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको पहिलो बैठकले ०७८ पुस ९ र १० गते पाँचौ राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेको छ ।”
“मोर्चाका केन्द्रीय कामलाई व्यवस्थित गर्न गणेश सलामीमगरको संयोजकत्वमा माधब कुमार दर्लामीमगर, गगन ल्हायोमगर, एसबी थापामगर, लिला सोमैमगर, चिनीमाया कालामगर र जीवन प्रवेश रोकामगर रहेको ७ सदस्यीय केन्द्रीय कार्यालय गठन गरिएको छ,” उनले भने, “यस्तै कमल पिठाकोटेमगरलाई आर्थिक संयोजक तोकिएको छ ।”
यस्तै बैठकले सातै प्रदेशको नेतृत्व समेत टुङ्गो लगाएको छ ।
प्रदेश १
इन्चार्ज ज्योति सिंह दर्लामीमगर
सहइन्चार्ज दिलकुमारी पुलामीमगर
संयोजक दुर्गा बुर्जामगर
प्रदेश २
इन्चार्ज टिका दर्लामीमगर
सहइन्चार्ज कमल पिठाकोटेमगर
संयोजक याम खपाङ्गीमगर
बागमती प्रदेश
इन्चार्ज प्रेम ब. पुलामीमगर
सहइन्चार्ज रामचन्द्र थापामगर
संयोजक चन्द्र रानामगर
सहसंयोजक नेत्र पुलामीमगर
गण्डकी प्रदेश
इन्चार्ज लोकेन्द्र थापामगर
सहइन्चार्ज चिनीमाया कालामगर
संयोजक कृृष्ण बहादुर रानामगर
लुम्बिनी प्रदेश
इन्चार्ज भिम कुमारी बाँठामगर
संयोजक डिबी पुन (कीर्तिमान)
कर्णाली प्रदेश
इन्चार्ज टोप बहादुर दर्लामीमगर
संयोजक हरि बहादुर थापामगर
सुदूरपश्चिम प्रदेश
इन्चार्ज मिन घर्तीमगर
सहइन्चार्ज नविन पुनमगर
संयोजक डम्बर घर्तीमगर
सहसंयोजक टिकासरी बुढामगर
प्रवास
इन्चार्ज विरमान घर्तीमगर
बैठकमा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं आदिवासी जनजाति महासंघ नेपालका ईन्चार्ज/संयोजक सुरेश आलेमगर, विशेष अतिथि मगर मोर्चाका संस्थापक समेत रहेका गण्डकी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री दिपक चर्तीमगर, प्रदेश १ का प्रदेशसभा सदस्य तथा मोर्चाका पूर्वउपाध्यक्ष नारायण बुर्जा मगर, बागमती प्रदेश सभा सदस्य एवम् मोर्चाका पूर्वउपाध्यक्ष प्रेम पुलामी मगर लगायतले मगर राष्ट्रिय मुक्ति मोर्चाको विगत, वर्तमान र भविष्यका बारेमा आआफ्नो धारणा राखेका थिए ।
यसैगरी बैठकले पाँचौं राष्ट्रिय सम्मेलनको राजनितिक प्रतिवेदन लेखन कार्यका लागि गणेश सलामीमगरको नेतृत्वमा गगन ल्हायोमगर, एसबी थापामगर र चिनीमाया कालामगर रहेको समिति गठन गरेको छ भने विधान लेखनका लागि माधब कुमार दर्लामीमगरको संयोजकत्वमा लिला सोमैमगर र जीवन प्रवेश रोकामगर सदस्य रहेको तयारी समिति गठन गरेको छ ।