१८ बैशाख ०७४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १२८औं विश्व मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमजीवी तथा कामदार वर्गलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै विश्वभर मनाइने यस दिवसले मजदुरको हक, हित र अधिकार स्थापित गर्ने विश्वास व्यक्त गरेका हुन् ।
‘सम्पूर्ण मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानबाट आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन लगायतका हक अधिकारको स्मरण गराउने गौरवशाली दिनको रूपमा हरेक वर्ष मे १ लाई विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवसको रूपमा मनाइन्छ’ विज्ञप्तिमा भनिएको छ, ‘१२८ औं विश्व मजदुर दिवसको यस अवसरमा म सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका श्रमजीवी तथा कामदार वर्गहरुलाई हार्दिक बधाई दिँदै यस दिवसले मजदुरको हक, हित र अधिकार स्थापित गर्न योगदान गर्ने विश्वास व्यक्त गर्दछु ।’
शुभकामनाको पूर्णपाठ :