मडिया काउन्सिल विधेयक फिर्ता लिनुपर्छः खाँण

३१ बैशाख ०७६, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले मडिया काउन्सिल विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरेको छन् ।

मंगलबार सदनमा बोल्दै उनले सरोकारवाला पक्षसँग छलफल र सहमति नगरी विधेयक सदनमा दर्ता गरेको भन्दै संविधानको मर्म र भावना विपरीत ल्याइएको विधेयक फिर्ता लिन आग्रह गरेका हुन् ।

‘संविधानमा प्रेस स्वतन्त्रता सुनिश्चित छ । तर विधेयक बनाउँदा मौलिक अधिकार कुण्ठित गराउने कानुन ल्याउन खोज्ने ?’ भन्दै खाँणले सदनमा प्रश्न गरे ।

गत बिहीबार सरकारले ‘मिडिया काउन्सिल विधेयक’ सदनमा दर्ता गरेको थियो ।

तपाइको मत