मधेशको माग सम्बोधन नभई सरकारमा जाने विषय सोच्न समेत नसकिने – राष्ट्रिय जनता पार्टी

११ जेठ ०७४, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले मधेशको माग सम्बोधन नभई सरकारमा जाने विषयमा सोच्न समेत नसकिने निष्कर्ष निकालेको छ ।

Rajapa Nepal

राजपाको बिहीबार बसेको पार्टीको अध्यक्ष मण्डलको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा बन्ने भनिएको नयाँ सरकारमा सहभागी नहुने स्पष्ट पारेको हो ।

राजपाका नेता अनिल झाले राष्ट्रिय जनता पार्टीले मधेशको मागलाई सम्बोधन गर्न आन्दोलनलाई जोड दिएर अघि बढने निर्णय गरेको बताए ।

झाले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिने वा नलिने भन्ने विषयमा पनि आन्तरिक छलफल भइरहेको बताए ।

अनिल झा लगायतका केही नेताहरुले निर्वाचनमा जाने अवस्था अझै नरहेको दावी गर्दै आएका छन् । यता, महन्त ठाकुर लगायतका नेताहरुले भने कतिपय माग सम्बोधन भएकाले स्थानीय तहको निर्वाचनमा जान सकिने धारणा राख्दै आएका छन् ।

तपाइको मत